भरतपुर,असार २४- भरतपुर—१, वागीश्वरीस्थित योगी नरहिरनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार–२०७९ बाट सम्मानित गरिएको छ ।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस—२०८० को अवसरमा प्राकृतिक स्वास्थ्य संस्था काठमाडौँद्वारा आयोजित एक समारोहबीच पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सो पुरस्कार प्रदान गरेका हुन् ।
श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा विगत आठ वर्षदेखि भरतपुर—१ देवघाटधाम, वागीश्वरीमा सञ्चालित चिकित्सालयले योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा जनसेवामा संलग्न रहँदै आएको छ । सो संस्थाले कोभिड—१९ को महामारीका समयमा पनि ५१२ जना कोरोना सङ्क्रमितको सफल उपचार गराउन सफल भएको थियो ।
स्थापनाको छोटो समयमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउन सफल सो चिकित्सालयमा जटिल रोगहरुको उपचार प्रभावकारी रुपमा गर्दै आएको र कोभिड महामारीका क्रममा सङ्क्रमितहरुलाई सत्प्रतिसत परिणाम दिन सफल भएको र तथ्य र प्रमाणका आधारमा चिकित्सा सेवा प्रदान गरिएको विषयलाई मध्यनजर गर्दै सो पुरस्कार प्रदान गरिएको हो ।
प्रकाशित मिति: