रत्ननगर, असार २२- नेपाली कांग्रेसले रत्ननगरका वडा पदाधिकारीहरुलाई संगठन सुदृढिकरण सम्बन्धी शुक्रबार प्रशिक्षण दिएको छ । नीति, कार्यक्रम अनुसन्धान प्रतिष्ठान चितवन शाखाको संयोजनमा नेपाली कांग्रेस रत्ननगर नगर समितिले वडाका पदाधिकारीहरुलाई संगठन सुदृढिकरण सम्बन्धी प्रशिक्षण दिएको हो ।
नेता तथा कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध बनाउन र पार्टीको सिद्धान्त र बिचारलाई जनताको माझमा लैजान कार्यक्रमको आयोजना गरिएको नगर सचिव अनिता अर्यालले जानकारी दिइन् । नगर समितिका सभापति तथा मेयर प्रलाद सापकोटाले पार्टीलाई चलायमान गराउन र संगठन विस्तारलाई तीब्रता दिन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । नेता र कार्यकर्ता बीच दुरु बढ्न नदिन ग्रामिण क्षेत्रमा गर्ने क्रियाकलापका विषयमा छलफल गर्न उनले नेतृत्वपंक्तिलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा नीति, कार्यक्रम अनुसन्धान प्रतिष्ठान चितवन शाखाका अध्यक्ष शालिग्राम शर्माले संगठनको अबस्था र विश्लेषण, डा.एकनारायण पौडेलले प्रजातान्त्रिक समाजवाद र व्यवहार, प्रकास अधिकारी र सुरेशचन्द्र आचार्यले नेपाली कांग्रेस र अन्य प्रमुख राजनीतिक पार्टीमा भिन्नता, डा.संजय चौधरीले कांग्रेसका सदस्यहरु र सुचना प्रविधि, सुरक्षा सापकोटा र नेत्र न्यौपानेले कांग्रेसले गरेका महत्वूर्ण कार्यहरुको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यबहाक नगर सभापति कमलनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अपिल अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सो रत्ननगरमा १६ वटै वडाका पार्टी सभापति सहित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: