हिमालयनमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता

0
45

रत्ननगर, असार २२- विद्यार्थीहरुमा रहेको अन्तरनिहीत क्षमताको विकास गर्ने उद्देश्यले शुक्रबार रत्ननगरमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।

प्याब्सन रत्ननगर र रत्ननगर नगरपालिकाले सयुक्त रुपमा हिमालयन आवासीय माविमा प्रतियोगिताको आयोजना गरेका हुन । १८ जना विद्यार्थी सहभागी सो प्रतियोगितामा अन्नपूर्ण आवासीय माविका क्रिजन परियार प्रथम, हिमालयन आवासीय माविका नविका तिमिल्सिना द्धितीय,एजल्र्स वल्र्ड आवासीय माविका शेखर मुखिया तृतीय र न्यू स्पिडी आबासीय माविकी आयुषा अम्गाईले सान्त्वना स्थान हासिल गरेका थिए ।

रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्मा र प्याब्सन रत्ननगरका अध्यक्ष पशुपति उपाध्यायले प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए । सो अबसरमा शर्माले पाठ्क्रमको अलवा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर उनीहरुमा भएको क्षमताको विकास गर्नुपर्नेमा जोड दिए ।

प्याब्सन रत्ननगरका अध्यक्ष उपाध्यायले विद्यार्थीहरुलाई अध्यायनप्रति लगाब बढाउन पनि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए । कार्यक्रम प्याब्सन रत्ननगरका सचिव टेकनाथ अर्यालले सञ्चालन गरेका थिए ।