रत्ननगर, असार २२- चितवनको पर्यटकीय नगरी सौराहामा हुने साउथ एसियन फिल्म फेस्टिबलको बारेमा व्यवसायी बीच शुक्रबार छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ ।
क्याराभान नेपालको आयोजनामा सौराहामा फिल्म फेस्टिबल हुँदैछ । रत्ननगर उद्योग बाणिज्य संघको अगुवाइमा पर्यटन व्यवसायी सहित छलफल कार्यक्रम आयोजना गरिएको हो । संघका कार्यबहाक अध्यक्ष शंकर गिरीले सौराहा अन्र्तराष्ट्रिय स्तरको फिल्म फेस्टिबल आयोजना गरिएको भन्दै यसलाई पर्यटन प्रर्बधनको अबसरका रुपमा लिनुपर्ने बताए ।
क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले सौराहामा फिल्म फेस्टिबल आयोजना गर्न लागिएको भन्दै स्थानीय सरकार र व्यवसायीहरुको सहयोग अपरिहार्य रहेको बताए । फेस्टिबललाई सफल बनाउन हामीले स्थानीय सरकारसंग पनि सहयोग मागेको छौं उनले भने यो फेस्टिबललाई पर्यटन विकाससंग पनि जोडेका छौं ।
क्याराभान नेपालका कार्यसमिति सदस्य देव कुमार श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अधयक्ष राजाराम रेग्मी, विशिष्ठ सदस्य ज्ञान बहादुर विसुराल, महासचिव निराजन खनाल, क्षेत्रीय होटल संघ अध्यक्ष गंगा गिरी र उपाध्यक्ष योगेश अधिकारी र रेष्टुरेण्ट एण्ड बार एसोसियसनका पूर्व अध्यक्ष गोकर्ण गिरी तथा अन्य पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । फेस्टिबलमा चलचित्र सम्वन्धी स्टलहरु र अन्तराष्ट्रिय फिल्महरु सहभागी रहने छ ।
प्रकाशित मिति: