भरतपुर, असार २२- नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको शहीदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले शुक्रबार १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो ।
यससँगै शोरुममा दुवै मोडलका बाइकहरुको बुकिङ पनि खुला गरिएको छ । बाइकमा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबिएस प्रणाली जडान गरेको छ, जसले ब्रेकमा राम्रो नियन्त्रण राख्न मद्त मिल्छ र दुर्घटना कम गर्न पनि सहयोग गर्छ ।
एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यसले अधिकतम १७ पिएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पिडको गियर बक्स जडान गरिएको छ ।
त्यस्तै, एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील राखिएको छ ।
पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ । नगद र फाइनान्सको पनि सुविधा रहेको शोरुमका मार्केटिङ प्रमुख प्रकाश वाग्लेले जानकारी दिए ।
यी सिरिजका बाइकले नेपालीहरुको मन जित्ने विश्वास रहेको वाग्लेको भनाइ छ । शोरुममा यी नयाँ सिरिजका साथै अन्य सबै मोडलका बाइकहरु उपलब्ध रहेको पनि उनले बताए । शोरुमको सर्भिस सेन्टर भने शहिदचोक नारायणगढस्थित पुरानै ठाउँमा रहेको छ । उनका अनुसार भरतपुरको वीरेन्द्र क्याम्पस गेटअगाडि मुख्य शोरुम सञ्चालनको तयारी पनि भइरहेको छ ।
प्रकाशित मिति: