लुम्बिनी बैंक टाँडी शाखा द्वारा रत्ननगर खानेपानीलाई ६० हजार मूल्य बराबरको खानेपानी फिल्टर हस्तान्तरण

0
215

रत्ननगर,असार १८ – लुम्बिनी बिकास बैंक लिमिटेड टाँडी शाखाले रत्ननगर खानेपानि तथा सरसफाई उपभोक्ता समितीलाई १ थान खानेपानि फिल्टर सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सोमबार एक कार्यक्रमका बिच उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो । बैंकले खानेपानी संस्थालाई प्रीस्टिनो आर वो ब्रान्डको ५० लिटर पानी अट्ने क्षमता भएको ६० हजार मूल्य बराबरको स्टेनलेस स्टिल खानेपानीको फिल्टर प्रदान गरेको हो।

बैंकको टाँडी शाखाका शाखा प्रबन्धक श्री सन्तोष श्रेष्ठले स्थानिय जनता, बजारमा किनमेल गर्न आउने महानुभाव तथा यात्रीहरुलाई स्वच्छ पिउने पानि उपलब्ध गराउने उदेश्यका साथ उक्त सामाजिक कार्य गरीएको बताउनुभयो ।

देशभर ८९ वटा शाखा भएको सो बैंकले करिब ४ लाख ग्राहकहरु लाई अत्याधुनिक बैंकिङ्गसेवा प्रदान गर्दै आइरहेको छ।

साथै,खानेपानि संस्थाका अध्यक्ष माधव प्रसाद अर्यालले रत्ननगर बासीलाइ सहज एवं शुलभ रुपमा शुद्ध पिउनेपानी बितरण गर्दै आइरहेको मा जनतालाई स्वच्छ पिउनेपानि प्रदान गर्न बिभिन्न स्थानमा फिल्टरसहितको शुद्ध पिउनेपानी राख्ने अभियानलाइ सहयोग गर्नुभएको मा धन्यबाद ज्ञापन गर्नुभयो ।

उक्त खानेपानिको फिल्टर रत्ननगर टाँडिचोक मा अवस्थत आकाशेपुल नजिक जडान गरीएको छ ।