रत्ननगर,जेठ १२- पूर्वी चितवनको रत्ननगर ६ मा सरोकारवाला निकायहरू बिच विषादीको प्रयोगबाट जनस्वास्थ्य, जिवजन्तु र वातावरणमा परेको नकारात्मक असर न्युनिकरण सबन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समुदायमा आधारित चोरी शिकर नियन्त्रण युवा जागरण उप समितिको आयोजन र रत्ननगर नगरपालिका तथा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उप समितिका अध्यक्ष वसन्त राना मगरको सभापतित्वमा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि ढुङ्गानाले विषादीको असर तत्काल नदेखिएतापनि यस्को असर बिस्तारै मानव स्वास्थ्यमा देखा पर्ने गरेको बताए । विषादीको असर स साना किरा, फट्याङ्गा, जलचर प्राणी देखि मानव जातिलाई असर गरिरहेको उनले बताए ।
विषादीको कम प्रयोग गर्न किसानहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिका आर्थिक व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष सोहेन्द्रराज खरेलले अत्याधिक विषादीका कारण वर्षा यामको समयमा धान खेतिमा पाईने घोङी, माछा, गङ्गटा सबै नष्ट भएको बताए ।
उनले भने, “विषादीको प्रयोग गर्न नजानेर मानव जीवनमा नकारात्मक असर परिरहेको छ, विषदी प्रयोग गरेको तरकारी कतिदिन सम्म प्रयोग गर्न मिल्छ, मिलदैन त्यस्को ज्ञान हुनु जरुरी छ ।”
अत्याधिक विषाधीको प्रयोगले वातावरण सन्तुलन नभएका कारण समयमै वर्षा हुन नसकेको उनले बताए ।

चोरी शिकार नियन्त्रण युवा जागरण उप समितिका अध्यक्ष राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा, ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, १० का वडा अध्यक्ष कलाधर पौडेल, १६ का वडा अध्यक्ष हेमराज थापा, विषादी व्यवसायीक अध्यक्ष ईश्वरी प्रसाद अर्याल लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सौराहा सेक्टरका प्रमुख सरोज मणी पौडेल, परियोजना प्रवन्ध नेपाल जनस्वास्थ्य प्रतिष्ठानकी प्रमुख सामना शर्मा, जिल्ला प्राङगारीक उत्पादक संघ चितवनका अध्यक्ष चनद्र प्रसाद अधिकारी र रत्ननगर कृषि शाखा प्रमुख प्रविन लामाले प्रशिक्षण दिएका थिए ।
रत्ननगरका प्रत्यक वडाबाट ५ जना सहित ८० जना किसनहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: