कालिका, जेठ १०- पूर्वी चितवनको कालिका नगरपालिकाले दर्ता हुन आएका मध्ये ५० प्रतिशत मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको छ ।
चालु आर्थिक बर्षको १० महिनामा १८ वटा मुद्दा दर्ता हुन आएकोमा ९ वटा मेलमिलाप बाट टुङ्गो लगाएको उपमेयर तथा न्यायिक समिति संयोजक विमला तामाङले जानकारी दिइन् । जग्गा विवाद सम्बन्धी ८ वटा र ज्याला मजदुरी सम्बन्धी एउटा मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको तामाङले बताइन् ।
प्रक्रियामा रहेका ९ वटा मुद्दा मध्ये एउटा अदालत पठाइएको छ । न्यायिक समितिमा दर्ता हुन आएका अधिकांस विवाद मेलमिलापबाट टुङ्गो लगाउने गरिएको उपमेयर तामाङले बताइन् । गम्भिर प्रकृतिका मुद्दा अदालत पठाउने, दुबै पक्ष सहमत हुन नसकेका मुद्दाको फैसाला गर्ने गरिएको उनको भनाई छ । यहाँको न्यायिक समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध सिमाना, जग्गा विवाद, लेनदेन, घरायसी विवाद लगायतका मुद्दा दर्ता हुने र अधिकाँस विवाद मेलमिलापबाट छिनोफानो हुँदै आएको छ ।
नगरपालिकाको न्याय सम्पादनलाई प्रभापकारी बनाउन नगर स्तरमा मेलमिलाप समिति तथा वडा स्तरमा मेलमिलाप उपसमिति गठन गरिएको छ । वडामा दर्ता हुन आएका विवादलाई सकभर वडामै सामधान गर्ने र सम्भावना नभए नगर स्तरीय मेलमिलापमा पठाउने व्यवस्था रहेको छ । मेलमिपाल केन्द्रले विवाद मिलाउन नसकेका विवादहरु न्यायिक समितिमा पठाउने गरिन्छ ।
न्यायिक समिति र मेलमिलाप केन्द्रमै निबेदन दिन सकिने व्यवस्था समेत रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनले नगरपालिकामा न्यायिक समिति रहने व्यवस्था गरेपछि उपमेयरको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने प्रबधान छ।
प्रकाशित मिति: