रत्ननगर,जेठ १० – रत्ननगरको टिकौली चौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगितामा रामपुर रोडर्स सेमिफाईनलमा प्रवेश गरेको छ । भरतपुर फुटबल क्लबलाई ३–१ गोल अन्तरलेले पराजित गर्दै रामपुर रोडर्स सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल हुन नसकेपछि पेलाल्ट्री सुटआउटमा नतिजा निकालिएको हो ।

भरतपुर फुटबल क्लवलाई पराजित गरी सेमिफाइनमा प्रवेश गरेकोे रामपुर फाइनल यात्रा तयको लागि जेठ १२ गते भरतपुर ९ संग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत भोली विहीबार देखि सेमिफाइलनको खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेल जिरौना फुटबल क्लव र रोयल जीम बीच हुने आयोजकले जनाएको छ ।
बुधबार भएको प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका रामपुर रोडर्सका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भएका छन।

राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा फाइनल जेठ १४ गते हुने युवा संघ रत्ननगर नगरकमिटीका सचिव बाबुराम परियारले जानकारी दिए ।
प्रकाशित मिति: