चितवन, वैशाख ३१- भरतपुर महानगरपालिकाले विपन्न भएका सामुदायिक विद्यालयका विपन्न छात्राहरुलाई साइकल वितरण गरेको छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार छात्रासँग मेयर कार्यक्रमअन्तर्गत भरतपुर महानगरमा विगत तीन वर्षदेखि विपन्न छात्राहरुलाई साइकल वितरण भइरहेको छ ।
आज आइतबार भरतपुरका ६ वटा वडाका १३ विद्यालयका १२६ जना विपन्न छात्राहरुलाई साइकल वितरण गरिएको हो । वडा नं १, २, ३, ४, १० र १२ नं वडामा रहेका सामुदायिक विद्यालयका विपन्न छात्रालाई साइकल वितरण गरिएको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलले जानकारी दिइन् ।