६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित तीन ट्रक प्रहरीको नियन्त्रणमा

0
47

मकवानपुर, वैशाख ३१-  मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाली ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०,ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक सशस्त्र प्रहरी बल नेपाल गण नं १४ मकवानपुरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।