राधाबल्लभ अधिकारी वंश प्रतिष्ठानको अध्यक्षमा चन्द्र प्रसाद अधिकारी

0
59

चितवन, वैशाख ३० – राधाबल्लभ अधिकारी वंश प्रतिष्ठानको १० औं साधारण सभा तथा अधिवेशन आज रत्ननगरमा सम्पन्न भएको छ ।

अधिवेशनले चन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्य कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षमा तिलक प्रसाद अधिकारी, सचिवमा तुल प्रसाद अधिकारी, कोषाध्यक्षमा संजिव अधिकारी त्यस्तै सदस्यहरुमा मन्दिरा अधिकारी, सरस्वती अधिकारी र गीता अधिकारी चयन हुनुभएको छ ।

नव निर्वाचित कार्यसमितिलाई आजैबाट निवर्तमान हुनुभएका अध्यक्ष माधव अधिकारीले टिका लगाएर स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

राधाबल्लभ अधिकारी वंश प्रतिष्ठानको अध्यक्षमा चन्द्र प्रसाद अधिकारी 1

कार्यक्रममा बोल्दै माधव अधिकारीले प्रतिष्ठानका जिजु हजुरबुवा राधाबल्लभ अधिकारीको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका जेष्ठ सदस्य तथा प्रतिष्ठानलाई अतुलनिय योगदान पुर्याउनुहुने व्यक्तित्व सम्मान समेत गरिएको थियो । रामनाथ अधिकारी, चन्द्रमाया अधिकारी, उमनाथ अधिकारी, उद्धिमाया अधिकारी, राधादेवी अधिकारी, तुलसा अधिकारी, गौंथली अधिकारी, लिला अधिकारी तथा गीता अधिकारीलाई सम्मान गरिएको थियो ।

वालवालिकाको मनोरंजनका लागी वालवालिका स्तरिय म्युजिकल चियर प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । म्युजिकल चियरमा रियंका अधिकारी र मानवी अधिकारी प्रथम भएका छन् भने सम्वृद्धि अधिकारी र आराध्या अधिकारी दोश्रो तथा तेश्रो भएका थिए । नव निर्वाचित अध्यक्ष चन्द्र प्रसाद अधिकारीले अग्रजको मार्गदर्शनलाई आत्मसात गर्दै प्रतिष्ठानलाई थप उचाईमा पुर्याउन अहोरात्र लागीपर्ने बताउनुभएको थियो । औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष माधव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।