माता तीर्थ औँशिमा व्यवसायी गिरीले गराए दृष्टिविहीन विद्यार्थीलाई भाेजन

0
55


रत्ननगर,बैशाख ७ – माता तीर्थ औँशिको दिन विहीबार साैराहाका एकजना व्यवसायीले दृष्टिविहीन विद्यार्थीलाई भाेजन गराएका छन् ।

साैराहाकाे हात्तीचाेकमा अवस्थित सुर्यदय गेष्टहाउस तथा साैराहा थकाली किचनका सञ्चालक गाेकर्ण गिरीले दृष्टिविहीन विद्यार्थीलाई भाेजन गराएका हुन ।

रेवान साैराहाका पूर्व अध्यक्ष समेत रहेका गिरीले झुवानी माविमा आश्रित २० जना विद्यार्थीलाई भाेजन गराएका हुन । साैराहा स्थित रेष्टुरेन्टमै ल्याएर नेपाली र विदेशी खानाका परिकार खुवाएकाे गिरीले बताए ।

माता तीर्थ अाैसीकाे दिन सबैले आमालाई पुजा गर्ने र मिष्ठान्न भाेजन गराउने प्रचलन रही आएकाे छ । व्यवसायी गिरीले विद्यालयकाे आश्रममा बसेर समाहित शिक्षा आर्जन गरिरहेका दृष्टिविहीन बालबालिकालाई भाेजन गराएर उनीहरुलाई पर्व मनाउने वातावरण सृजना गरेकाे गिरीले बताए ।

८४ बर्ष पार गरेका गिरीका बुवा मनु गिरी, दिदी खगेश्वरी गिरी, भिनाजु देव गिरी,बहिनी फुलमाया गिरी तामाङ,धर्मपत्नी सम्झना गिरीले वालवालिकालाई टिकाटालाे गरि दक्षिणा समेत प्रदान गरेका थिए ।

श्राेत शिक्षिका सभ्यता खनालले व्यवसायी गिरीले दृष्टिविहीन विद्यार्थीकाे शिक्षाकाे लागि निरन्तर सहयाेग गर्दै आएकाे बताईन् ।