लिटिल मिस एन्जेल-२०२३ का लागि आवेदन खुला

0
85

काठमाडौं,बैशाख ६ – ‘लिटिल मिस एन्जेल–२०२३’ का लागि आवेदन खुला भएको छ । आयोजक संस्था कलश ईभेन्ट प्रालिले ‘लिटिल मिस एन्जेल’को चौथो संस्करणका लागि आवदेन खुला गरिएको जनकारी गराएको हो ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक सञ्जय महर्जनका अनुसार प्रतियोगितामा ९ देखि १३ वर्षसम्मका बालबालिकाले आवेदन दिन सक्छन् । जेठ २७ गते ग्राण्ड फिनाले हुने यस प्रतियोगिताका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ भने ७ गतेबाटै प्रतियोगी बालिबालिकाहरुलाई तालिम दिन सुरु गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आवेदन दिन आयोजकले ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । प्रतियोगितामा सहभागीहरुलाई व्यक्तित्वविकासलगायत नेतृत्व, आत्मविश्वासका आलाव सिर्जनात्मक क्रियाकलापमा प्रशिक्षण दिइनेछ । साथै, प्रतियोगीहरूलाई ग्रान्ड फिनालेका लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी–सर्ट प्राप्त गर्नेछन् ।

रोहिया महर्जनको कोरियोग्रफिमा हुने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।