रत्ननगर , वैशाख ६- लियो क्लब अफ रत्ननगर बेल्सीको छैठौँ साधारण सभा तथा वर्ष सन् २०२३/२४ को लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
लियो क्लब अफ रत्ननगर बेल्सीका सन् २०२२/२३ का अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि लायन मधुर नेपालले लियो क्लब बेल्सीमा आबद्ध युवाहरुलाई समाजसेवा र रचनात्मक कार्य गर्दै समाज परिवर्तनमा भूमिका खेल्न आग्रह गरे । कतिपय युवाहरु बाटो बिराइरहेका र दुर्व्यसनीको सिकार भइरहेकामा जुझारु युवा टिमले लागूऔषध र दुव्यर्सनविरुद्ध पनि सचेतना फैलाउन सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वर्ष सन् २०२३/२४ का अध्यक्ष राजेन्द्र सापकोटा, प्रथम उपाध्यक्ष निश्चल तिवारी, द्वितीय उपाध्यक्ष जीवन लामिछाने, तृतीय उपाध्यक्ष प्रजिता सापकोटा, सचिव आयुष गौली, कोषाध्यक्ष प्रदीप अधिकारी, टेल ट्विस्टर अभिषेक खनाल, टेमर प्रमिषा मल्ललाई सम्मान गरिएको थियो ।
यो प्रसँगमा प्रधानमन्त्री दाहालले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर मैले यहाँ भनेको थिएँ। मेरो भनाइ खेर गएन, उहाँ महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो।’ उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्नेसमेत बताएका थिए। तनहुँको विकास निर्माणको काममा सरकारले ध्यान दिने पनि प्रधानमन्त्रीको भनाइ थियो।
प्रकाशित मिति: