युएईद्वारा कुवेतलाई ३७२ रनको लक्ष्य

0
46
cricket

काठमाडौं, वैशाख ६-  एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको  आफ्नो पहिलो खेलमा  युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र  रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै  मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा  ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले  दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक  विकेट लिए ।