रवि लामिछानेका ड्राइभरको थप उपचार काठमाडौंको मेडिसिटीमा हुने

0
78

चितवन,बैशाख ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई काठमाडौंमा लगिएको छ । उनलाई आज चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट थप उपचाकारका लागि काठमाडौं ल्याइएको हो । उनको थप उपचार नेपाल मेडिसिटी अस्पतालमा पठाइएको लामिछानेले बताएका छन् ।

रविका अनुसार थापाको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख छ । बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारका लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,रविले भनेका छन् । थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए ।