रत्ननगर , वैशाख ३- पूर्वी चितवनको रत्ननगर नगरपालिकामा आइतवार एक युवाले आत्महत्याका प्रयास गरेका छन् । रत्ननगर १ सौराहाचोकमा रहेको होटल रिदमको कोठा नं २०१ मा आत्महत्याको प्रयास गरेका रत्ननगर १० पर्सौनी निवासी (नाम गोप्य राखिएको)लाई रत्ननगर नगरपालिकाले तत्कालै उद्दार गरी ज्यान जोगाउन सफल भएको हो ।
पौडेलले सुसाइट नोट लेखी रत्ननगरका मेयर प्रल्हाद सापकोटालाई आफुले आत्महत्या गर्न लागेको भन्दै फोन गरेका थिए । पौडेलले फोन गरेको पाँच मिनेटमै मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक सहित वडाध्यक्षहरु र नगर प्रहरीको टोली होटलमा पुगेर आत्महत्या गर्नबाट रोकेका थिए । “फोन गरेको पाँच मिनेटमै होटलमा पुगेर पौडेलको ज्यान जोगाउन सफल भयौं” मेयर सापकोटाले भने “सुसाइट नोटमा पौडेलले लेखेको विषयलाई आधार बनाएर उनलाई न्याय दिन स्थानीय सरकार लाग्ने छ” ।
उपमेयर पाठकले बन्दकोठामा पौडेलले आत्महत्याको प्रयास गरेको र समयमै आफुहरु पुगेर ज्यान जोगाउन सफल भएको बताए । स्थानीय सरकारले पौडेल ज्यान जोगाएपछि प्रहरीको टोली भने आधाघण्टा पछि घटना स्थल पुगेको थियो । आफुले विश्वास गरेर बुबाको नामको जग्गा पास गरिदिएका दाईहरुबाट आफुलाई विश्वास घात भएको पौडेलले सुसाइट नोटमा लेखेका छन् । उनले रामप्रसाद पौडेल, सुर्दशन आचार्य, विनोद पौडेल, रामशरण नेपालबाट आफुले धोका पाएको उल्लेख गरेका छन् ।
व्यवहार विग्रिएपछि दाजुभाई, आफ्न्तहरुसंग सम्बन्ध विग्रिएको र श्रीमतिले समेत सम्बन्ध बिच्छेद्को माग गरेपछि आफु आत्महत्या गर्ने निर्णयमा पुगेको पौडेलले सुसाइट नोटमा लेखेका छन् ।