चितवन-२ को उपचुनावमा जितनारायण उम्मेदवार

0
40

भरतपुर , चैत १६– नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

यस अघि चितवन–२ बाट प्रदेश(क) मा पनि उठेका थिए । उनी तेतिखेर एमाले मओवादी गठबन्धनका उम्मेदवार घनश्याम दाहाल सँग पराजित भएका थिए । गत मंसिरमा सम्पन्न निर्वाचनमा उनले चितवन क्षेत्र नं. २ बाट उम्मेदवार हुनका लागी कसरत गरेका थिए । उनि कालिका नगरपालीकाका स्थाई बासिन्दा हुन् ।