रत्ननगर अस्पतालमा स्वास्थ्यकर्मीका लागि पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम समापन

0
71

रत्ननगर ,चैत १५- रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीका लागि बृहत् पोषण विशेष प्याकेजसम्बन्धी सातदिने क्षमता अभिवृद्धि तालिम बुधबार बकुलहर रत्ननगर अस्पतालमा सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सन् २०३० सम्म राज्यको रोग र भोक उन्मूलन गर्ने दिगो विकास लक्ष्य हासिल गर्न सन्तुलित भोजन र रोगसँग बच्न पोषणसम्बन्धी ज्ञानबारे तालिममा सिकेका सन्देशमूलक कुराहरु नगरवासीको घरघरमा पु¥याउन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

तालिमका प्रमुख प्रशिक्षक माडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भोजराज खनालले बालबालिकालाई कुपोषण हुनबाट अल्पकालीन र दीर्घकालीनरूपमा बचाउन र कुपोषणको समस्या, रक्तअल्पता, कमतौलको बच्चा जन्मिने समस्या, बालमृत्युदर रोकथामका लागि तालिम मह¤वपूर्ण रहेकाले स्वास्थ्यकर्मीहरुले व्यवहारमा उतार्न आग्रह गरे ।

रत्ननगर–१५ का स्वास्थ्यकेन्द्र प्रमुख विदूर बस्ताकोटीले तालिममा सिकेका कुराहरु फिल्डमा पुगेर लागू गर्ने प्रतिबद्धता जनाउँदै तालिम अन्त्यन्त प्रभावकारी रहेको बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले पोषणको कार्यक्रम छायामा परिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरुले तालिममा सिकेका कुराहरु बस्तीमा पुगेर खोजी गर्न निकै मह¤वपूर्ण हुने बताए । कुपोषणको समस्याले स्वास्थ्यमा थुप्रै किसिमका समस्या उत्पन्न हुने भएकाले बालबालिकाको वृद्धि विकासका लागि बस्तीबस्तीमा पुगेर समस्या निराकरण गर्नुुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत जयराम दुवाडी, प्रशिक्षकहरु गोपाल राय, गीता रायमाझीलगायत रत्ननगरका १६ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले गरेका थिए ।