रत्ननगरका महिलालाई कानुनी सचेतना सम्बन्धी प्रशिक्षण

0
48

रत्ननगर ,चैत १५- रत्ननगरका महिलाहरुलाई बुधवार कानुनी सचेतना सम्बन्धी प्रशिक्षण दिइएको छ । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिकोत्सवको अबसर पारेर रत्ननगर वडा नं ८ र ९ का महिलाहरुलाई प्रशिक्षण दिइएको हो ।

सो सहकारीले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन सुरु गरेको छ । बार्षिकोत्सवको पहिलो कार्यक्रम अन्तर्गत ग्रामिण क्षेत्रका महिलाहरुलाई कानुनी सचेतना सम्बन्धी प्रशिक्षण दिइएको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिइन । कार्यक्रममा अधिबक्त फुलमाया रानाभाटले महिला हिंसा, न्यूनीकरणका उपाय, महिला अधिकार र कानुनी प्रक्रियाका बारेमा सहजीकरण गरेकी किकथइन ।

वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथि रहेको सो उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाको सहकारी शाखा प्रमुख स्वस्तिका अर्याल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष भागीरथीकुमारी घिमिरेको अध्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रमिला ढकालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेकी थिइन ।

२०५५ सालमा स्थापना भएको सो सहकारीको ३ हजार ५५० जना शेयर सदस्य रहेका छन् । विपन्न समुदायका महिलाहरुलाई आत्मर्निभर बनाउन स्थापना भएको सो सहकारीको रत्ननगर र खैरहनी नगरपालिका सेवा क्षेत्र रहेको व्यवस्थापक विडारीले जानकारी दिइन् ।