रत्ननगर,चैत १५- रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले सौराहाको विकासमा निकुञ्ज ऐन बाधक बनेको बताएका छन् ।
सौराहा स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा आयोजित दुई छुट्टाछुट्टै तालिमको समापन कार्यक्रममा उनले निकुञ्ज ऐनका कारण सौराहामा विकासले गतिलिन नसकेको बताए । वनले छुने क्षेत्रमा निकुञ्जले काम नै गर्न दिँदैन उनले प्रश्न गर्दै भने काम नगरी कसरी सौराहाको विकास हुन्छ ।
सौराहालाई आधुनिक बनाउन आवश्यक रहेको भन्दै मेयर सापकोटाले निकुञ्ज ऐनको अबरोधका कारण काम गर्न अफ्ठयारो परेको बताए । उनले पर्यटकीय नगरी सौराहा र मध्यवर्तीका जनताको जीवन स्तर उकास्न निकुञ्ज ऐन परिमार्जन गर्न आवश्यक रहेको बताए ।
सौराहाको कोलाहाल निकुञ्जले सुन्दैन उनले भने तर विकासको काम गर्न थाले अबरोध र्सिजना हुन्छ । मेयर सापकोटाले सौराहालाई बाढीको जोखिमबाट जोगाउन फेब्रिक ड्याक निर्माण सम्पन्न भइसकेको भन्दै सौराहाको विकासका लागि साइकललेन सहितको नमुना सडक निर्माणभइरहेको बताए ।
प्रकाशित मिति: