भरतपुर , चैत १४– नारायणगढ रोटरी क्लबको मुख्य आयोजना तथा वाइन टु वाटर नेपाल, वाटर सेन्टर २१ पहल र ज्वालामुखि गाउँपालिकाको सह–आयोजनामा मंगलबार क्रिक रिसोर्ट धादिङमा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता तीन तारे पद्दती सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यमनाथ दनै प्रमुख अतिथि रहेका थिए । त्यस्तै, विशिष्ट अथिति क्लबका संस्थापक अध्यक्ष निरन्जन प्रधान र गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुमन पण्डित रहेका थिए । वाइन टु वाटर नेपालका जिल्ला संयोजक यज्ञराज जोशीले सन्चालन गरेको कार्यक्रममा नारायणगढ रोटरीक्लबका सर्भिस प्रोजेक्ट चेयर ई. गुणेश्वर महतोले अभिमुखीकर्ताको भूमिका निर्वाह गरेका थिए ।
नारायणगढ रोटरी क्लबको तत्त्वावधानमा ज्वालामुखि गाउँपालिकामा रहेका ९ विद्यालयहरूमा करिब ८६ लाख रुपैयाको लागतमा स्वच्छ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गरिन लागेको क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले बताए ।