नेपाल अर्थोपेडिक एशोसिएशन चितवनको अध्यक्षमा अर्जुन, महासचिवमा प्रमोद

0
60

चितवन, चैत १४ – नेपाल अर्थोपेडिक एशोसिएशन चितवन शाखाको अध्यक्षमा डा. अर्जुन श्रेष्ठ चयन भएका छन् ।

हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको संगठन अर्थोपेडिक एशोसियनको भरतपुरमा सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. हेमन्त गुप्ता, उपाध्यक्षमा डा. सुशील थापा र महासचिवमा डा. प्रमोद लामिछाने चयन भएका छन् ।

त्यसैगरि कोषाध्यक्षमा डा. सुनिल पन्त, सह–सचिवमा डा. मनोज कँडेल, सह–कोषाध्यक्षमा डा.देवेन्द्र आचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा डा. रमेश थापा मगर, डा. सौरभ ढकाल र डा. प्रकाश कँडेल चयन भएका छन् । निवर्तमान अध्यक्ष डा. सुरेश पाण्डे कार्यसमितिमा पदेन सदस्य रहने छन् ।

यसैगरि डा. विष्णुदेव शर्माको संयोजकत्वमा तीन सदस्यीय साइन्टिफिक कमिटी पनि गठन गरिएको छ । सदस्यहरूमा डा. सञ्जीव रिजाल र डा. युगेश राज पन्त सदस्य रहेको नवनिर्वाचित महासचिव डा. प्रमोद लामिछानेले जानकारी दिएका छन् । यो कार्यसमितिको कार्यकाल २०२३ देखि २०२५ सम्म रहने छ ।