लाइसियम स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर

0
57

चितवन, चैत ६- रत्नननगर नगरपालिका वडा नम्वर १निपनीमा रहेको लाइसियम इन्टरनेशनलमोडल स्कुलले विश्वमुख स्वास्थ्यदिवसको अवसरमा एक कार्यक्रमकाविचआजबालबालिकाहरुकालागिनिशुल्क स्वास्थ्य परीक्षण गरेको छ । कक्षा एक देखि तीन सम्मअध्ययनरत विद्यार्थीहरुकालागि सञ्चालितउक्त स्वास्थ्य परीक्षणकार्यक्रममाआवश्यकताअनुसार अन्यकक्षाकाविद्यार्थीहरुको समेत स्वास्थ्य परीक्षण भएको थियो ।

मनकामना अस्पताल भरतपुरको प्राविधिक सहयोगमाअस्पतालका वालरोग विशेषज्ञ डा. अनिशकुमार झा र डा. सूर्य राजवंशीले१५२जनाविद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । अस्पतालका दन्तरोग विशेषज्ञ डा.प्रजिनाशंखदेवले मुख स्वास्थ्यको वर्तमानअवस्था र मुखलाई स्वस्थ राख्नगर्नु पर्ने उपायका सम्वन्धमाउपस्थितअभिभावकतथाविद्यार्थीहरुलाई सामुहिक प्रशिक्षण पश्चातविद्यार्थीहरुको दाँतको परीक्षण समेत गर्नु भएको थियो ।

बालबालिकाहरुकाविगतका स्वास्थ्य समस्या र विगतमापरीक्षण गरेकाकागजात सहितअभिभावकहरुको उपस्थितिमाबालबालिकाहरुको तौलको परिक्षण सहितबालबालिकाहरुलाई वालरोग र दन्तरोग विशेषज्ञले शुष्म चेकजाँच गरी आवश्यकऔषधिसिफारीस गर्नुका साथै वर्तमानमौसम संगै उत्पन्नहुन सक्ने रोग र स्वास्थ्य सजगताकावारेमा सल्लाह सुझावसमेत दिनु भएको थियो ।

आआफ्नाबाबुनानीहरुलाई लिएर स्वास्थ्य परीक्षणमा सहभागिभएकाअभिभावकहरुले विद्यालयले यसरी समय समयमा स्वास्थ्यशिविर राखेर आफ्नाबालबालिकाको स्वास्थ्यका सम्वन्धमाचासो राखेकोमाआफुहरुलाई खुशीलागेको र आगामीदिनहरुमापनि यसै गरी स्वास्थ्य परीक्षण भई रहोस् भन्ने चाहनाभएको वताउनु भएको थियो । उक्तकार्यक्रममामनकामना अस्पतालका प्रशासनप्रमुख अरुण पौडेले अस्पतालका वर्तमानसेवाहरु र आगामीदिनमाविद्यालयमार्फत अस्पतालबाट सेवालिनआउँदाविद्यार्थी तथाअभिभावकलाई हुने सुविधाका सम्वन्धमाप्रकाशपार्नु भएको थियो

भने विद्यालयकाप्रवन्धनिर्देशक सन्तोष पन्तले गत मंसीर महिनामानिको वाल अस्पतालको सहयोगमाकक्षा नर्सरी र केजीमाअध्ययनर विद्यार्थीहरुको स्वास्थ्य परीक्षण भई सकेको र यस्ता शिविरहरुको माध्यमबाट आवधिक रुपमाविशेषज्ञ चिकित्सकको सहयोगमा स्वास्थ्य चेकजाँचगर्नुका साथै अर्को शैक्षिकवर्ष देखि बालबालिकाहरुको स्वास्थ्यअवस्थाको अभिलेख विद्यालयमा राखीने जानकारी गराउनु हुँदै मनकामना अस्पताललाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।