काठमाडौँ, चैत ६- नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।
भुटानको सिनियर टोलीले तीन वर्षपछि प्रतियोगिता खेल्न लागेको द भुटान लाइभले जनाएको छ । भुटानले पछिल्लो पटक सन् २०१९ मा गुआमविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
प्रकाशित मिति: