चितवन, चैत ५ – चितवनको १७ वटा सरकारी तथा आंगिक कलेज मध्ये दुई वटा क्याम्पसमा मात्र सोमबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । माडी बहुमुखी क्याम्पस र टाँडीको शहिद स्मृति क्याम्पसमा स्ववियु निर्वाचन भएको हो ।
विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर अवरोध गरेपछि जिल्लाका १५ वटा क्याम्पसहरुमा अनिश्चित कालका लागि चुनाव स्थगित गरिएको छ । निर्वाचन गराउन सहज वातावरण नभएको भन्दै निर्वाचन अधिकृतहरुले निर्वाचन स्थगित गरेका हुन् । जिल्लाका अधिकाँस कलेजमा चुवाब स्थगित हुनुको कारण विद्यार्थी संगठन बीचको विवाद हो । निर्वाचन स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकले अर्काेलाई दोषारोपण गरेका छन् ।
तर रत्ननगर नगरपालिका वडा नं ३ शान्तिकचोकमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसमा भने शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । सो क्याम्पसमा विहान ८ बजे देखि दिउसो २ बजे सम्म मतदानको समय निर्धारण गरिएको थियो । निर्धारित समयमै मदतान सकियो । मतदान सकिएपछि क्याम्पसको मुलगेटमा रहेका विद्यार्थी नेताहरुले एकअर्कामा हार्दिकता देखाएका छन् ।
१४ बर्ष पछि स्ववियु निर्बाचन भएको हो । यस अघि २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । क्याम्पसको मुल गेटमा रहेका नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा उम्मेदवार र अखिल सयुक्तका विद्यार्थी नेता तथा त्यसका उम्मेदवारहरु निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै खुसीयाली साटासाट गरे । एक आर्कालाई जितको शुभकामना समेत दिए । अन्य क्याम्पसमा तालाबन्दी भएर निर्वाचन हुन नसकेको अबस्थामा सो क्याम्पसका विद्यार्थी संगठन र संगठनमा आबद्ध विद्यार्थी नेताहरुले स्ववियु निर्वाचनको पक्षमा नारा लगाएका थिए ।
स्ववियु निर्वाचन जिन्दाबाद र यो जित कस्को विद्यार्थीको भन्ने जस्ता नारा लगाएर यहाँका विद्यार्थीहरुले देशव्यापी रुपमा सकारात्मक सन्देश प्रबाह गरेका छन् । हामीले चाहेको स्ववियु निर्वाचन हो नेपाल विद्यार्थी संघ क्याम्पस इकाइ समितिका सभापति विवेक उदासले भने जित हार भन्दा पनि १४ बर्ष पछि निर्वाचन सम्पन्न भयो हामी यसैमा खुसी छौं ।
देशव्यापी रुपमा स्ववियु निर्वाचनका बारेमा विवाद भएका बेला शहीद स्मृतिमा चुनाब गराउन सफल भएको भन्दै उनले जित हार भन्ने कुरा गणनापछि थाहा हुने बताए । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष तथा अखिल सयुक्तबाट अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सापकोटाले निर्वाचन सम्पन्न गरेर शहीद स्मृतिमा विद्यार्थी संगठनको एकता प्रस्तुत गर्न सफल भएको बताए ।
हामीले स्ववियुको निर्वाचन चाहेका थियौं उनले भने जित जसको पनि हुन सक्छ । सो क्याम्पसमा नेपाल विद्यार्थी संघको एकल प्यानल र एमाले निकट अनेरास्ववियु,माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,एकीकृत समाजबादी निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको सहकार्य गरी अखिल सयुक्त प्यानल निर्वाचनमा होमिएका थिए । सो क्याम्पसमा निर्वाचन गराउन कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।
प्रकाशित मिति: