स्ववियु निर्वाचन : माडी क्याम्पसमा अनेरास्ववियुका राकेश विजयी

0
45

चितवन, चैत ५ – चितवनको माडी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुका राकेश चौधरी निर्वाचित भएका छन् ।

केहीबेर अघि सम्पन्न मतगणना अनुसार ११९ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएका हुन् । सत्तागठबन्धन र राप्रपा निकट विद्यार्थी संगठनसहितको संयुक्त प्यानलका रवि भुर्तेललाई १३ मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । चौधरीसंग पराजित भुर्तेलले १०६ मत मात्रै प्राप्त गरे ।

आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो । यस्तै सचिवमा अनेरास्ववियुको समर्थनमा उम्मेदवारका बनेका विकास ओझा सचिवमा निर्वाचित भएका छन् ।