चितवन,चैत ४ – स्ववियू निर्वाचनको अन्तिम समयमा खैरहनीको रामपुर क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । निर्वाचनको सबै तयारी सकिएको बेला आज बेलुका रामपुर क्याम्पसमा तालाबन्दी भएको हो । नेविसंघको खैरहनी नगरकमिटीले तालाबन्दी गरेको र तालाबन्दी गर्ने टोलीलाई आइतबार बिहानै वार्ताको लागि बोलाइएकोे रामपुर क्याम्पसका निर्वाचन संयोजक सुर्य प्रसाद शर्माले समावेशी खबरलाई जानकारी दिए ।
नेविसंघ खैरहनी नगर समितिका सभापति अमृत आचार्यद्वारा जारी विज्ञप्तिमा मतदाता विद्यार्थीहरुलाई अन्य संघंगठनका विद्यार्थीहरुले धाकधम्की दिएको , डरत्रास पैदा गरेको भन्दै वातारण सहज र सुरक्षित नहुदाँसम्म निर्वाचन स्थगित गर्न माग गरिएको उल्लेख छ ।
मतदानको तयारी समेत भइसकेको अवस्थामा अन्तिम समयमा आएर तालाबन्दी हुदाँ निर्वाचन अन्योलमा परेको छ । पुर्व तालिका अनुसार आइतबार निर्वाचन गर्ने तयारी रहेको छ । वार्ताको माध्यमबाट ताला खुले आइतबार निर्वाचन हुने र सहमति नभएको अवस्थामा निर्वाचन हुने संभावना न्यून रहेको निर्वाचन संयोजक शर्माले बताए ।
प्रकाशित मिति: