संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट नारायणगढमा सम्पन्न

0
125

चितवन ,चैत ४- संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न भएको छ । शुक्रवार चितवनको नारायणगढ स्थित पर्व ब्याङ्कवेट चितवन तथा नवलपुरका व्यापारिहरु बिच ट्रेड पार्टनर मिट सम्पन्न भएको हो ।

कार्यक्रममा चितवन जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष शिरिष पन्त, मदिरा तथा प्रोभिजन व्यवसायी संघ चितवनका अध्यक्ष श्री गोविन्द पाण्डे, पूर्वि चितवन मदिरा तथा प्रोभिजन व्यवसायी संघका अध्यक्ष श्री मनिष अधिकारी, रेवान सैराहा का अध्यक्ष श्री नरेश गिरी क्षत्रिय होटल संघ नेपाल का अध्यक्ष श्री गंगा गिरी होटल व्यवसाय संघ चितवनका अध्यक्ष श्री केशव हडखोले कम्पनीकी अध्यक्ष रोशनी कार्की, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल काकी, विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारी, तथा विजनेश सल्लाकार कृष्ण रावल र यहाँका व्यवसायीको उपस्थिति थियो ।

‘संसार भरी अंगुरबाट बनेको अल्कोहोविक बेवरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ । क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ,’ उनले भने ।

क्यानभास वाइन नेपालमै बनेको भएपनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यात योग्य भएको कार्कीको दावी छ । विगतका दिनमा कम्पनी बहुपक्षिय रुपमा संचालन भएकोमा हाल आएर कम्पनी व्यवस्थित र गुणस्तरिय व्यवस्थापनको रुपमा संचालनमा ल्याइएको कार्कीले जानकारी दिए ।

स्वागत मन्तव्य राख्दै कम्पनीका विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले क्यानभासको बजारको अवस्था कम्पनीको आगामी रणनिती लागायत जानकारी दिए । सन् २०१६ मा स्थापना भएको सकटा वाइन एण्ड बेवरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम हिस्सा ओगटेको छ ।

कम्पनीको फ्याक्ट्री काभ्रेपलान्चोक जिल्लाको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रुपमा १ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहेका छन् ।

वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढीरहेको छ । कम्पनीले नेपाल भर ७५ वटा वितरक संजाल बनाइसकेको छ र थप वितरकहरु बढाउने क्रममा छ । कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ ।