रामपुर क्याम्पसका डिनलाई कारवाही गर्न प्राध्यापक र विद्यार्थी संगठनको माग

0
46

भरतपुर , चैत २- कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन प्राध्यापक जयप्रकाश दत्तको आपत्तिजनक भिडियो प्रति नेपाल प्रगतिशिल प्राध्यापक संगठन र चार विद्यार्थी संगठनले गम्भीर ध्यानकर्षण भएको जनाएको छन् ।

आफ्नो पदिय मर्यादालाई नजरअन्दाज गरी कार्यकक्षभित्र गरेको क्रियाकलापले विश्वविद्यालय तथा सम्मानित प्राध्यापन पेशाको गरिमा र प्रतिष्ठामा गम्भीर आँच पुगेको नेपाल प्रगतिशील प्राध्यापक संंगठनका उपाध्यक्ष सरोज सापकोटाले बताए । यस्तो हर्कत गर्ने डीनलाई तुरुन्त बर्खास्त गर्न विज्ञप्तिमा जनाइएको छ । विश्वविद्यालयले उक्त व्यक्तिलाई बर्खास्त नगरे संगठनले सशक्त रुपमा प्रतिकारमा उत्रने चेतावनी पनि दिएको छ ।

यसैबीच, चार विद्यार्थी संगठनले संयूक्त विज्ञप्ती जारी गर्दै डीन दत्तको राजीनामा माग गरेका छन् । साथै उनलाई कारवाहीको पनि माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले उक्त घटनाको भत्सर्ना गरेका हुन् ।

रामपुर क्याम्पसका डिनलाई कारवाही गर्न प्राध्यापक र विद्यार्थी संगठनको माग 1
रामपुर क्याम्पसका डिनलाई कारवाही गर्न प्राध्यापक र विद्यार्थी संगठनको माग 2