चितवन, फागुन ३० – भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविस)ले उम्मेदवारी दर्ता गराएको छ ।
मंगलबार राप्रविसको तर्फबाट सभापतिमा पुरन अधिकारी, सचिवमा प्रज्वल कंडेल, कोषाध्यक्षमा सूचना जिसी, सदस्यहरुमा निवन सापकोटा, सोनिशा भुषाल, अस्मी गुरुङ, निशु पाण्डे र प्रथम क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु निर्वाचन नजिकिदै गर्दा राप्रविसले धमाधम सबैजसो कलेजहरुमा उम्मेदवारी दर्ता गराइरहेको राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले जानकारी दिए ।
उनले चितवनका सबै कलेजहरुमा राप्रविसले स्वच्छ र निश्पक्ष रुपमा प्रतिस्पर्धामा उत्रिने जानकारी दिए । स्ववियु निर्वाचन यही चैत ५ गते देशभर एकसाथ हुँदैछ ।
प्रकाशित मिति: