मणिरत्न एण्ड सन्स सुनचाँदी उद्योगको स्तरोन्नती,६१औँ वार्षिक उत्सव भव्य रुपमा मनाईयो

0
47

रत्ननगर, फागुन ३० – रत्ननगर २ हाईस्कूल रोडमा रहेको मणिरत्न एण्ड सन्स सुनचाँदी उद्योगले ६१ औँ वार्षिक उत्सवको अवसरमा पसललाई आधुनिकीकरण संगै स्तरोन्नती गरेको छ।

वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी रत्ननगरका मेयर प्रलाद सापकोटा, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ शंकर गिरी र वडा नं. २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे।

पूर्वीचितवनको कै सबैभन्दा पुरानो, विश्वाशिलो र ठूलो पसल रहेको सुनचाँदी पसलले निरन्तर ६१ वर्षदेखि निरन्तर आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आईरहेको छ।

पसल स्तरोन्नती संगै लगानी थप गरि मणिरत्न कम्प्लेक्स बाट सेवा सुरु गरेको प्रोपाईटर तथा पूर्वीचितवन सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष शमशेर घामल्लेले जानकारी दिए।

वि. स. २०१८ सालमा स्थापना भएको पसलले ग्राहकहरुलाई आकर्षक सुनचाँदी, हिराका गरगहनाहरु सुपथ मूल्यमा विक्रीवितरण गर्दै आईरहेको उनले जानकारी दिए।