चितवन,फागुन २२- चितवनको गर्दासमा आज देखि तीन दिने स्काउट फ्रेन्डसिप क्याम्प शुरु भएको छ। फागु पुर्णिमाको अवसरमा ईच्छाकामना गाउँपालिका वडा नम्वर -७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज देखि रत्न कालिका स्काउट फ्रेन्डसिप क्याम्प -२०७९ संचालन भएको हो।

ईच्छाकामना गाउँपालिका वडा नम्वर-७ स्थित तीन कन्या सामुदायिक वनका अध्यक्ष मान बहादुर मगरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा हिमालयन माध्यमिक विद्यालय रत्ननगरका प्राचार्य एवं क्याम्प चिफ पशुपती उपाध्यायको अध्यक्षता रहेको थियो।

क्याम्पमा जिल्लाका १३ विद्यालयका ३५० स्काउट विद्यार्थीको सहभागीता रहेको छ। चितवन राईनो रोभर रेन्जर क्र्यु द्वारा आयोजित सो क्याम्प ३ दिन २ रात सम्म संचालन हुनेछ। सो क्याम्पमा २१ वटा बेस रहेका छन। जस अन्तर्गत सुपर म्यान,ओमेगा जम्प,जिपलाईन,कमाण्डो ब्रीज,ल्याडर क्रसिङ्ग,टायर क्रसिङ्ग,टनेल,मन्की क्रसिङ्ग लगायतका क्रियाकलाप रहेका छन।

क्याम्पमा मनोरञ्जन कृयाकलाप अन्तर्गत फेस पेन्टिङ्ग,क्याम्पफायर साथै ईकाईहरु बिच नृत्य प्रतियोगिता समेत हुनेछ।
स्काउट विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनुका साथै उनिहरुमा व्यक्तित्व तथा नेतृत्व क्षमता बिकास गराउनका लागि उक्त क्याम्पको आयोजना गरिएको हो।

कार्यक्रममा मुनलाईट आवासिय माध्यमिक विद्यालयका प्राचार्य एवं कालिका प्याबसनका अध्यक्ष चित्र बहादुर रायमाझी ,चितवन राईनो रोभर रेन्जर क्र्युका अध्यक्ष एवं बुद्ध ज्योती माध्यमिक विद्यालय,रत्ननगरका प्राचार्य बैकुण्ठ मरहठ्ठा, एकता शिशु निकेतनका सह-प्राचार्य एवं स्काउटर कमल शर्मा, प्यारागन माध्यमिक विद्यालयका सह-प्राचार्य उमराज आचार्य, स्काउटर एवं संचारकर्मी सन्तोष बस्ताकोटी,स्काउटर देवेन्द्र न्यौपाने,पृथ्वी गुरुङ्ग,भिमा थापा लगायतको उपस्थिति रहेको थियो।

क्याम्पमा आबुँखैरहनी स्थित राम शाह क्र्यु र चितवन राईनो रोभर रेन्जर क्र्युका उल्लेख्य रोभर रेन्जरहरुको सकृय सहभागीता रहेको छ।
प्रकाशित मिति: