चितवन मसला उत्पादक संघको अध्यक्षमा सरोज कपाली

0
43

भरतपुर,फागुन २१- चितवन मसला उत्पादक संघको सातौँ साधारण सभा भरतपुर–२९ स्थित दासढुङ्गामा सम्पन्न भएको छ ।

चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेका मसला उद्योगहरुको साझा संस्था चितवन मसला उत्पादक संघका अध्यक्ष सरोज कपालीको अध्यक्षतामा सम्पन्न सभामा नरेश देवकोटाले स्वागत मन्तव्य तथा सचिव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

सभामा संस्थापक अध्यक्ष अनिल अग्रवाल, निवर्तमान अध्यक्ष विक्रम सापकोटा, उपाध्यक्ष चूडामणि ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोषाध्यक्ष रामबाबु जैसवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा चितवन र नवलपरासीका मसला उत्पादकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।