सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु

0
69
dead-body-1

रत्ननगर ,फागुन २१- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ।

काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धका बडाल अन्य तीन जना साथीसंग सौराहा घुम्न आएका थिए ।

काठमाडौंबाट फागुन १९ गते आएर यहाँ स्थित होटल हर्मिटेजमा साथीहरुसंगै बसेका बडालको आतवार दिउसो साढे २ बजे राप्ती नदीमा सब भेटिएको इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले जानकारी दिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा खसेको अनुमान गरिएको उनले बताए ।

उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।