रत्ननगर,फागुन ११ – पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १२ मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
आज(बिहीवार) वडा कार्यलयमा एक कार्यक्रममा बिच वडा भित्रका ९७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।
वडाले चालू आ.बर्ष २०७९/०८० अन्तर्गत वडा भित्र बसोबास गर्ने ८० बर्ष माथिका जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो।
वडाध्यक्ष सुन्दरमणी सुवेदीको अध्यक्षता रहेको उक्त कार्यक्रममा नगर प्रमुख प्रलाद सापकाेटा प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई हर्लिक्स, पौष्टिक युक्त बिस्कुट लगायतका सामग्री दिनुका साथै दाेसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा स्थानिय समाजसेवी,बुद्धिजिवि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: