नारायणगढको क्याम्पाचौरमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै

0
183

चितवन,मंसिर १७ – चितवनमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ। मानव सेवा आश्रमको आयोजनामा यही मंसिर २५ गते नारायणगढको क्याम्पाचौरमा लाइभ कन्सर्ट हुन लागेको हो।

सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागिएको मानव सेवा आश्रम वाग्मती प्रदेश संयोजक निता केसीले बताइन्।

सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो।