पाकिस्तानमा धर्म परिर्वतन गरी हिन्दूलाई जबरजस्ती मुसलमान बनाइयो

0
19

काठमाडौ,कात्तिक ५- पाकिस्तानमा एक जना हिन्दू धर्मावलम्बीको जबरजस्ती धर्म परिवर्तन गराइएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू धर्मावलम्बी अजय कुमारलाई धर्म परिवर्तन गरी मुसलमान धर्मावलम्बी बनाइएको हो ।

उनको सिन्ध प्रान्तको लर्कानास्थित जामिया इस्लामिया मस्जिदमा धर्म परिवर्तन गरिएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार जमियात उलेमा ए सिन्ध नामक धार्मिक संगठनका महासचिव मौलाना रशिद महमुद सुम्रोले उनको धर्म परिवर्तन गराएका हुन् ।

उनको धर्म परिवर्तन गरिएको समारोहको तस्वीर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा उनी निकै निराश देखिन्छन् ।

तीव्र गतिमा इस्लामिक दिशामा अघि बढिरहेको पाकिस्तानी समाजमा पछिल्लो समय जबरजस्ती धर्म परिवर्तन र धार्मिक अल्पसङ्ख्यकमाथि दमनका घटना सार्वजनिक हुने गरेका छन् ।