भ्रष्टाचार निर्मुल पार्ने मेरो प्रमुख प्राथमिकता हुनेछ : युवा नेता उत्तम जोशी

0
18

चितवन, कात्तिक, २- क्षेत्र नम्बर २ क का प्रदेश गठबन्धनका उम्मेद्वार उत्तम जोशीले भष्ट्राचार निर्मुल पार्ने आफ्नो प्राथमिकता  रहने बताएका छन । आज विभिन्न भरतपुर १२, र ४ गठबन्धनको वडा समितिको कार्यालय उद्धघाटन गर्ने क्रममा उनले आफूले जितेमा भ्रष्टाचार शुन्य बनाउने प्रतिबद्धता व्यक्त गरे । 

‘म भ्रष्टाचार गर्नेलाई पनि निर्मुल पार्छु, आफू पनि गर्दिन ।’ उनले भने । हिजोका दिनमा पनि आफूले भ्रष्टाचार विरोधी कार्यक्रममा सक्रिय रहंँदै आएकोले यो काम प्रमुख प्राथमिकतामा रहेको बताए ।  अबको सरकार शिक्षा स्वास्थ्य रोजगारमा केन्द्रित हुनुपर्ने बताउंँदै आफूले निर्वाचन जितेमा यी समस्याको हल गर्न लागिपर्ने बताए । प्रदेश सांसद भएपछि कानुन बनाउने, जनताको आधारभूत आवश्यकता पुरा गर्ने विषयमा आफ्नो पहल हुने उनको भनाई थियो ।

 आफु विगत लामो समयदेखि नेपाली कांँग्रेसको राजनीतिमा निष्ठा र इमान्दारीताका साथ सक्रिय रहेकोले पनि जनताले आफूलाई राम्रो संँग बुझेको पनि उनले बताए । ‘मलाई यहांँको जनताले राम्रो संँग चिन्नुभएको छ । बुझ्नुभएको छ । मलाई  पनि हरेक घरको समस्या राम्रोसंँग थाहा छ । मलाई एकपटक जिताएर हेर्न अनुरोध गर्दछु । ’जोशीले भने । 

उनले आफू जनताको सेवा गर्न उम्मेद्वारी दिएको भन्दै जनताको गास बास कपासको ग्यारेन्टीका लागि पनि जिताउन उनले आग्रह गरे । सबै पुस्ता र वर्गबीच  चितवनमा उत्तिकै लोकप्रिय नेता जोशी  एक स्वच्छ छविका नेताका रुपमा परिचित छन ।