संविधान बिराेधि गतिबिधिलाई निस्तेज गर्न गठवन्धनमा एकताबद्ध हुन जरुरी छ : कांग्रेस नेता जाेशी

0
57

चितवन,कार्तिक १- संविधान बिराेधि गतिबिधि गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन नेपाली कांग्रेसका नेता उत्तम जाेशीले आग्रह गर्नु भयाे । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयाेजना गरेकाे शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बाेल्दै सत्ता गठवन्धनका तर्फबाट प्रदेश सभा सदस्यकाे उम्मेद्वार बन्नुभएका जाेशीले अहिलेकाे सत्ता गठवन्धन भनेकाे जनताकाे मुहारमा हाँसाे ल्याउनु रहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, `जनताकाे मुहारमा हाँसाे ल्याउनका लागि सत्ता गठबन्धन आबश्यक भएर बनाईएकाे हाे।´ गठवन्धन रहरले नबनि बाध्ताले बनेकाे जानकारी गराउदै उहाँले जनता परिवर्तनकाे पक्षमा रहेकाे बताउनुभयाे । उहाँले समाजमा परिवर्तनका लागि सत्ता गठवन्धनले जित निकाल्न जरुरी रहेकाे बताउनु भयाे ।

केपि ओली सरकारले संबिधानकाे मर्म बिपरित काम गरेकाे बताउँदै उहाँले याे गठवन्धन आबश्यक रहेकाे बताउनुभयाे । संविधान र लाेकतन्त्रकाे रक्षा संगै समृद्ध नेपालका लागि गठवन्धनलाई मतदान गर्न उहाँले अनुराेध गर्नुभयाे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ , उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्बाेधन गर्नु भएकाे थियाे ।

भरतुर नगर सभापति चित्रसेन अधिकारीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा बाेल्ने बक्ताहरुले जनतालाई सच्चाईकाे पक्षमा लाग्न अनुराेध समेत गरेकाे छ ।