रत्ननगरका तीन वडामा एमालेको सम्पर्क कार्यालय स्थापना,उपाध्यक्ष पाण्डेले गरे उद्घाटन

0
29

चितवन, असोज ३१- रत्ननगरका तीन वटा वडामा नेकपा एमालेको सम्पर्क कार्यालय स्थापना गरीएको छ् । एमालेले आम निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय उद्घाटन गरेको हो।

सो नगरपालिका अन्तर्गत वडा नं ६, ८ र १३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । तीनवटै कार्यालयको एमाले उपाध्यक्ष तथा चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेता पाण्डे सहित प्रदेश सभा ख का उम्मेदवार प्रकास खनाल शैलेश तथा नेताहरुको सहभागिता रहेको थियो ।

सो अबसरमा उपाध्यक्ष पाण्डेले एमालेको जित निश्चित देखेपछि गठबन्धन डराएको बताए । एमालेसंग डराएर अनेकन भ्रम फैलाउने काम गरिएको भन्दै नेता पाण्डेले निर्वाचनका कार्यक्रमलाई मर्यादित बनाउने गठबन्धनलाई आग्रह गरे । चुनाब नजित्दै भ्रम फैलाउनेहरुसंग जनताले के आश गर्नु उनले भने झुट वोल्नेहरुसंग टाडै रहन मतदातालाई आग्रह गरे ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले वाँकी रहेका विकासका पूर्वाधार पुरा गर्न आफुले तेस्रो पटक उम्मेदवारी दिएको बताए । प्रदेश सभा ख का उम्मेदवार शैलेसले एमाले एकताबद्ध र प्रतिबद्ध कार्यकर्ताको पार्टी रहेकाले मंसिर ४ को निर्वाचनमा जीत सुनिश्चित रहेको बताए ।

वडा नं ६ मा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य प्रभा बराल, प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला, प्रदेश कमिटी सदस्य कुलप्रसाख भूषाल, जिल्ला सदस्य प्रेमनाथ दुवाडी, युवासंघका नेता प्रताप डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । जिल्ला सदस्य तथा वडा इन्चार्ज लोकराज भूषालको अध्यक्षतामा भएको कार्यक्रम वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाले सञ्चालन गरेका थिए ।

सो वडामा घनश्याम तिमिल्सिना संयोजक रहेको १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा रामचन्द्र सापकोटा,युवा परिचालन कमिटीको संयोजकमा प्रदिप सापकोटा, महिला परिचालन कमिटीको संयोजकमा हरितारा रिजाल, आदिबासी जनजाती परिचालन कमिटीको संयोजकमा रामजी चौधरी, घरदैलो व्यवस्थापन समिति संयोजकमा सुदन महतो रहेका छन् ।

वडा नं ८ मा वडा कमिटी अध्यक्ष किशोर मर्दनीयाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गीता गिरीले सञ्चालन गरेकी थिइन । वडा नं १२ मा वडाध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । वडा नं १३ मा नेता पाण्डे र प्रदेश सभा ख का उम्मेदवार शैलेसले नेता,कार्यकर्ता तथा मतदाताहरुसंग निर्वाचनका विषयमा छलफल गरेका छन् ।