सर्लाहीको बाँके चोकमा बस दुर्घटना, २२ जना घाइते

0
27

सर्लाही, असोज ३१ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये बसका सह–चालक झापाको मेचिनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था भने गम्भीर रहेको छ । पुरीलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रिफर गरिएको छ । चालक निदाएका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।