साउथ एसियन फिल्म फेष्टिवलमा रोशन श्रेष्ठ निर्देशित गीति चलचित्र “भाग्य” जुरि अवार्डबाट सम्मानित

चितवनकाे पर्यटकीय नगरी साैराहामा सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव
February 8, 2024
South Asian Film Award
South Asian Film Award

रत्ननगर,माघ २३- चितवनकाे पर्यटकीय नगरी साैराहामा सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव सम्पन्न भएको छ।

क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ स्थित चित्रसारी खेल मैदानमा माघ १८ गतेबाट सुरु भएको सो मेला सोमबार सम्पन्न भएको हो। मेलामा नजिकैको हलमा उत्कृष्ट चलचित्र स्क्रीनिङ गरिएको थियो ।

नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे हो।

क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताउदै यो प्रथम सस्करण भएकोले केही प्राविधिक समस्या आईपरेतापनी आगामी बर्षहरुमा अन्य संस्करणहरुमा सुधार हुँदै जाने बिश्वास दिलाउनुभयो साथै सो कार्यक्रमलाई सफल बनाउन नेपाली चलचित्र कै अभिभावक निर्माता ,निर्देशक तथा अभिनेता नीर शाह,एक्सन सुपरस्टार शिव श्रेष्ठ,वरिष्ठ अभिनेता रविन्द्र खड्का,वरिष्ठ चलचित्रकर्मी/सञ्चारकर्मी प्रकाश सायमी ,चलचित्र बितरक नरेन्द्र महर्जन ,निर्देशक प्रदिप श्रेष्ठ,लगायत १०० जना जति रास्ट्रभर बाट चलचित्रकर्मी,सञ्चारकर्मीको सहभागीता रहेको थियो।

चर्चित डकुमेन्ट्री मेकर/सम्पादक लव प्याकुरेलको संयोजकत्वमा ४ सदस्यको निर्णायक मण्डल रहेको सो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सरिता महर्जन द्वारा निर्मित ,बिश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन बाट लिखित कथानक गीति चलचित्र “भाग्य” `जुरी अवार्ड´ बाट सम्मानित भएको छ। सो चलचित्रका निर्देशक रोशन कुमार श्रेष्ठ हुन।

त्यसैगरी, लक्ष्मण सुवेदी निर्देशित चलचित्र “सतिदेवी” ले उत्कृष्ट चलचित्र,सत्यराज चौलागाईं निर्देशित चलचित्र “बिच्छेद” ले उत्कृष्ट लेखन र छायांकन,दयाहाङ राई अभिनित चलचित्र “नाङो गाउँ”ले उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गरेको छ।

मेलामा “शिव रेग्मी उत्कृष्ट निर्देशकको अवार्ड” लक्ष्मण सुबेदीलाई प्रदान गरिएको थियो भने बाँकी क्याटागोरीमा उत्कृष्ट डकुमेन्ट्री “म अलप हुन चाहान्छु”,उत्कृष्ट सर्टफिल्मको “स्नो लियोपार्ड” लाई उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो।

सो कार्यक्रममा चितवनमा कार्यरत कलाकर्मी,सञ्चारकर्मी साथै समाजसेवीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम शान्ति गुरुङ पाख्रीन लामाले सञ्चालन गर्नुभएको थियो ।

महोत्सवमा मोफसलका बरिस्ठ चलचित्रकर्मी भिम लामाले निर्देशन गर्नुभएको “लिलामे माईला”,वेलकम टु हेम्जाकोट,”भाग्य “”नाङो गाउँ ” ,”सतिदेवी”,”बिच्छेद”,”प्रकाश” लगायत चलचित्रहरु,वृतचित्र ,लघुचलचित्रहरु प्रदर्शन गरिएको थियो।