राप्रपाको प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन

0
25

रत्ननगर,असोज २९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवन क्षेत्र नं १ मा प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । प्रदेशसभा निर्वाचन “ख” मा हरिशरण भट्टराई संयोजक रहेको ५०१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा देवराज कँडेल रहेका छन् । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षितगरी निर्वाचन परिचालन कमिटीसहित १३ वटा विभिन्न उपसमिति गठन गरिएको राप्रपाका क्षेत्रीय अध्यक्ष तथा प्रदेश सभा “ख” का उम्मेदवार बलराम खनालले जानकारी दिए ।

निर्वाचन परिचालन कमिटीको संयोजकमा गणेशजङ्ग रायमाझी, सहसंयोजकमा सागर पाण्डे र श्याम पोखरेल, महिला परिचालन समितिको संयोजकमा विमला थापा र संहसंयोजकमा पार्वती मगर, युवा परिचालन समितिको संयोजकमा सन्तोष लामा र सहसंयोजकमा सिर्जन तामाङ र अरुण नेपाल, आर्थिक परिचालन समितिको संयोजकमा देवराज कँडेल र सहसंयोजकमा गोविन्दप्रसाद अधिकारी चयन भएका छन् ।

त्यसैगरी कला, संस्कृति व्यवस्थापन समितिको संयोजकमा पिताम्बर आचार्य, सहसंयोजकमा मनोज महतो, प्रशासनिक तथा सर्वदलीय समन्वय समितिको संयोजकमा हरि अधिकारी, सूचना तथा सञ्चार समितिको संयोजकमा शम्भु अधिकारी चयन भएका छन् ।

त्यसैगरी यातायात तथा र्‍याली व्यवस्थापन समितिको संयोजकमा श्याम पोखरेल, निर्वाचन अनुगमन समितिको संयोजकमा विजेन्द्रराज पाठक, निर्वाचन प्रतिवेदन समितिको संयोजकमा भीम गिरी, सहसंयोजकमा सरस्वती सेढाईं, घोषणापत्र तयारी समितिको संयोजकमा डा. वसन्तप्रसाद अधिकारी र सहसंयोजकमा कृष्ण पौडेल चयन भएका छन् ।

चितवन क्षेत्र नं १ मा सो पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि माधव भट्टराई, प्रदेशसभा सदस्य “क” मा रामहरि कँडेल र “ख” मा उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।