चितवनक्षेत्र नं १ मा समाजवादीको निर्वाचन परिचालन कमिटी गठन

0
16

रत्ननगर, असोज २९- नेकपा एकीकृत समाजवादी पार्टीले शनिवार चितवन क्षेत्र नं १ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेता कुलप्रसाद लामिछाने संयोजक रहेको १ हजार ५०० सदस्यीय क्षेत्रीय स्तरको परिचालन कमिटी गठन गरिएको हो ।

कमिटीको संहसंयोजकमा हेमन्त कँडेल र सचिवमा दुर्गाप्रसाद घिमिरे चयन भएका छन् । सो पार्टीको रत्ननगरमा सम्पन्न भेलाले हेमन्त कंडेल संयोजक र दुर्गाप्रसाद घिमिरे सहसंयोजक रहेको निर्वाचन प्रचारप्रसार कमिटी गठन गरेको छ । सो पार्टीले प्रदेश सभा “ख” मा पनि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बद्रिनाथ घिमिरे संयोजक रहेको प्रदेश स्तरीय ५०१ सदस्यीय कमिटी गठन गरिएको हो ।

कमिटीको सहसंयोजकमा हरिकुमार श्रेष्ठ र दुर्गादत्त अर्याल तथा सचिवमा निरज श्रेष्ठ, प्रचारप्रसार कमिटीको संयोजकमा हरिकुमार श्रेष्ठ र सहसंयोजकमा दुर्गादत्त अर्याल, कार्यालय व्यवस्थापन कमिटीको संयोजक रामशरण कुँवर तथा सदस्यमा इश्वर अधिकारी, माधव थपलिया, सरस्वती लामा, गोकर्ण गिरी, केशब पाठक, सामाजिक सञ्जाल प्रयोग कमिटीको संयोजकमा निरज श्रेष्ठ र सदस्यमा सरस्वती लामा र रामु आचार्य, मतदाता शिक्षा समितिको संयोजकमा चण्डिका ढकाल र सदस्यमा निर्मला खड्का, विष्णु भण्डारी कट्टेल, विजय खनाल, झलक खनाल, युवा परिचालन कमिटीको संयोजकमा इश्वर अधिकारी, सहसंयोजकमा मदन भूजेल र सदस्यमा हेम गुरुङ, दीपक थापा चयन भएका छन् ।

त्यसैगरी महिला परिचालन कमिटीमा संयोजक विष्णु भण्डारी कट्टेल, सहसंयोजकमा निर्मला खड्का,सांस्कृति परिचालन कमिटीको संयोजकमा रामु आचार्य र सदस्यहरुमा पार्वती घिमिरे, निर्मला खड्का, सरला काप्री रहेका छन् । भेलामा सो पार्टीका जिल्ला इन्चार्ज तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले सम्बोधन गरेका थिए ।