चितवनमा एकैदिन डेंगुका ७१ संक्रमित थपिए

0
22
dengue

चितवन , असोज २९– चितवनमा पछिल्लो २४ घण्टामा डेंगुका ७१ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा चितवनका ४३ सहित ७१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरका ३७, खैरहनीका २ र राप्ती, रत्ननगर, कालिका र माडीका एक/एक जनमा डेंगु देखिएको छ । अन्य जिल्लाबाट आएका २८ जनामा डेंगु संक्रमण देखिएको छ ।

साउन १ गते यता जिल्लामा ७ हजार ९ जनामा डेंगु परीक्षण गर्दा १४ सय ६० जनामा डेंगु पुष्टि भएको छ । तीमध्ये चितवनका मात्रै ९९३ जना हुन् भने अन्य जिल्लाका ३१२ र ठेगाना नखुलेका १५५ जना संक्रमित छन् ।