द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट मुक्त उदास सम्मानित

0
25

चितवन,असोज २९– द्वारिका नेपाल गजल स्मृति पुरस्कार २०७९ बाट गजलकार मुक्त उदास सम्मानित भएका छन् । उनी नगद १० हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।

द्वारिका नेपाल गजल स्मृति पुरस्कार प्राप्त गर्ने स्रष्टामा मुक्त उदास पहिलो स्रष्टा बनेका छन् । गजल मञ्च चितवनले आफ्नो आठौँ अधिवेशनको अवसरमा गजलकार मुक्त उदासलाई उक्त पुरस्कारले सम्मान गरेको हो ।