चलचित्र ‘महापुरुष’ युनिट चितवनमा

0
25

चितवन,असोज २९-  चलचित्र ‘महापुरुष’ को युनिटले चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ ।

कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रको ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले शुक्रबार चितवनका पत्रकारहरुसँग भेटघाट गरेको हो ।

नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको बताएका छन् ।देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा जन्मिएको उनको भनाइ थियो । देवघाटका एक एकल ‘बा’ को सत्य घटनाबाट चलचित्र प्रभावित भएको उनले बताए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।

चलचित्रमा उठान गरिएको कथाबस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।

कलाकार हरिवंश आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’ पछि पहिलो पटक यस चलचित्र मार्फत एउटा गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनको भनाइ थियो । चलचित्र हसाँउदा हसाँउदै रुवाउने र रुवाउँदा रुवाउँदै हसाउँने उनले बताए ।
नायक अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पुरा भएको बताए । अभिनेत्री अन्जना बराईलीले चलचित्रमा राम्रो काम गर्ने प्रयास गरेको बताईन् । दिग्गज कलाकारहरुबाट हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाएको उनको भनाइ थियो ।
म्याक्स दीपेश खत्री निर्मित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल लगायतको मुख्य पनि अभिनय छ । दीपक बज्रचार्यले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत सार्वजनिक भइसकेको छ ।
यस्तै चलचित्र टिमले बेलुका नारायणी नदि किनारमा कन्सर्ट समेत आयोजना गरेको थिए। कार्यक्रमामा हास्य कलाकार सुमन कार्कीले कार्यक्रम संचालन गरेका थिए भने चर्चित गायक निशान भट्टराई लगायतका कलाकारले गीत गएका थिए ।
नायक अरुण क्षेत्री र अभिनेत्री अन्जना बराईली चलचित्रको गीतमा नुत्य प्रस्तुत गरेका थिए भने हरिवंश आचार्य ,गौरी मल्ल, राजाराम पौडेलले कमेडी गरेर चलचित्र कार्तिक ११ गते हल सम्म आएर हेर्न अनुरोध गरेका थिए ।हरिवंश आचार्य र गौरी मल्लले गीत गएर दर्शकलाई मनोरंजन समेत दिएका थिए। कार्यक्रममा दर्शक राम्रो उपस्थिति रहेको थियो ।चलचित्र ‘महापुरुष’ युनिट चितवनमा 1 चलचित्र ‘महापुरुष’ युनिट चितवनमा 2 चलचित्र ‘महापुरुष’ युनिट चितवनमा 3 चलचित्र ‘महापुरुष’ युनिट चितवनमा 4 चलचित्र ‘महापुरुष’ युनिट चितवनमा 5