धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित

0
16

धनकुटा , असोज २८– नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारबाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए। उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए।

पार्टीको अनुशासन विपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ।